विजयपुर एफएमले कविता कन्सर्टको आयोजना गर्ने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ विजयपुर एफएमको १५ औं वार्षिक उत्सवको अवसरमा कविता कन्सर्टको आयोजना गरिने भएको छ।
मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै एफएमकि प्रबन्ध निर्देशक हिमाल राईले विगतका वर्षहरुमा एफएमको वार्षिक उत्सवमा विभिन्न सामाजिक कार्यहरु हुँदै आएपनि यसवर्ष कविता कन्सर्टको आयोजना गरिन लागेको जानकारी दिईन्। उनीले कविता कन्सर्टमा १ दर्जन बढी कवि तथा कवयत्रीहरुले संगितको तालमा आ–आफ्ना रचनाहरु प्रस्तुत गर्ने बताईन्।


यही अशोज १२ गते धरानको बराह किचनमा हुने कविता कन्सर्टमा पाईट आईडलका फाईनालिष्ट कवि पल्लविव, मनु अधिकारी संगै कवि बम देवान, कुन्ता शर्मा, सुदिप पाख्रिन, छविना मगर लगायतका कविहरुले प्रस्तुती दिनेछन्। टिकदर १ हजार रहेको सो कविता कन्सर्टका टिक खरिदकर्ताले कवि ईन्दु योञ्जन नेपालको कविता संग्रह “अन्तिम सेलो” संगै रात्रीकालिन डिनरको समेत व्यावस्था रहेको आयोजकले जनाएको छ।

One thought on “विजयपुर एफएमले कविता कन्सर्टको आयोजना गर्ने(भिडियो सहित)

टिप्पणीहरू are closed.