धरानमा निःशुल्क जेष्ठ नागरिक हाडजोर्नी शिविर

अस्पताल सम्म जान र पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल समुदायमा नै हाडजोर्नी शिविर सम्पन्न गरिएको छ । वी.पी.अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम प्रसाद श्रेष्ठको अगुवाईमा असोज ६ गते शनिबार सिद्धि नेवाः परिषद् धरानमा उक्त शिविर सम्पन्न भएको हो । अस्पतालसम्म पुग्न र त्यहाको प्रकृया पुरा गर्न र पालो कुर्न समस्या हुने विमारीहरुलाई लक्षित गरेर शिविर संचालन गरिएको प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले वताए । उमेर ढल्कदै जादा घुडा खिईने, ढाडको नसा च्याप्पिने जस्ता हाडजोर्नीको समस्या धेरैलाई हुने गरेको र उपचारको अभावमा उनिहरुले धेरै समस्या खेप्नु परेको श्रेष्ठले बताए । सामान्य कसरत र केही औषधि सेवन गर्नाले हाडजोर्नीको समस्याबाट बच्न सकिने उनको सुझाव थियो । औषधि समेत निःशुल्क वितरण गरिएको शिविरमा ९८ जनाले स्वास्थ्य शुविधा लिएका थिए ।

 सिद्धि नेवाः परिषद्ले सामाजिक उत्तरदायित्व पुरा गर्ने सबैजात जाती र वर्गका लाई स्वास्थ्य सेवा दिन निःशुल्क जेष्ठ नागरिक हाडजोर्नी शिविरको अयोजना गरिएको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए । सिद्धि नेवाः परिषद्ले धरानका विभिन्न रोगका विषशज्ञ डाक्टरहरुबाट दुई दुई महिनामा स्वस्थ्य शिविर अयोजना गर्ने योजना बनाएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए । यस अघि डा. इच्छा जोशी सोनीबाट आँखा शिविर, डा. प्रसान्त शाहबाट मुट्टु रोग सम्बन्धी शिविर, डा. सन्दिप बज्रचार्यबाट  पेट सम्बन्धी शिविर संचालन गरिसकिएको छ । हाडजोर्नी सम्बन्धी विशषज्ञ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ र उहाँका टिममा अन्य १० जाना डाक्टरहरुको टिमबाट स्वास्थ्य सेवा लिन पाएकोमा सहभागीहरु खुशी भएका थिए । 

शिविरमा सम्पन्न औपचारिक कार्यक्रममा सेवा दिन सहभागभी भएका डाक्टरहरुको टिम र निःशुल्क औषधि व्यवस्था गर्ने विभिन्न ६ औषधि कम्पनीका प्रतिनिधिहरुलाई खदा सहितले  कृतज्ञता ज्ञापन गरिएको थियो । कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, कार्य समितिका पदाधिकारी एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।