धरान उपमहानगरपालिकालाई डेंगु किट र सुपानेट झुल प्रदान

दिव्य रोशनी(धरान)/ धरानमा बढ्दै गएको डेंगु महामारीको रोकथामका लागी विभिन्न संघ–संस्थाले डेंगु किट र सुपानेट झुल उृपमहानगरपालिकालाई प्रदान गरेको छ।
धरान उपमहानगरपालिकाको हातामा आयोजित कार्यक्रममा युके एड, स्टार्ट फण्ड नेपाल, कतार च्यारेटी, एन ट्याक, हिल नेपाल, हुसाडेक नेपाल धनकुटाले एकमुष्ट रुपमा डेंगु किट र सुपानेट झुल उृपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईलाई हस्तान्तरण गरेका थिए। उनीहरुले ३५ सय टेष्ट किट र सय वटा सुपानेट झुल रहेका छन्।


कार्यक्रममा मेयर साम्पाङले डेंगु महामारीको बेला डेंगु परिक्षणका लागी किटको व्यवस्था र झुलको व्यवस्था गरिदिएकोमा आयोजक संस्थाहरु प्रति खुसी प्रकट गरे। उनले धरानमा डेंगुको नियन्त्रणका लागी पानी जम्न सक्ने ठाउँहरुको स्थान पत्ता लगाई भाडाका पानीहरु फ्याक्ने पर्ने गर्नुपर्ने बताए।
सोहीक्रममा मेयर साम्पाङले धरानमा मात्रै नभई संसारमा नै कोहीपनि डेंगुको संक्रमणबाट मृत्युवरण गर्न नपरोस् भने कामना व्यक्त गरे। उनले डेंगु नियन्त्रणका लागी दिनको समयमा लामखुट्टे देखी सतर्कता अपनाउने, घारी जंगलमा नजाने, ओडोमस लोसन दल्ने र सर्च एण्ड डेस्ट्रोई गर्नुपर्ने बताए।

2 thoughts on “धरान उपमहानगरपालिकालाई डेंगु किट र सुपानेट झुल प्रदान

टिप्पणीहरू are closed.